पाल्पा, भाद्र ४,
पाल्पामा शुक्रबार राती देखि लागु हुने गरि एक हप्ता सम्म निशेधाज्ञा जारी गरिएको छ । बिहिबार बेलुकी बसेको जिल्ला स्तरिय बैठक पछि प्रमुख जिल्ला अधिकारीले भाद्र ५ गते शुक्रबार राती १२ बजे देखि १२ गते राती १२ बजे सम्मका लागी निशेधाज्ञा जारी गर्नुभएको हो । सरकारले स्थानीय स्तरमा कोरोना संक्रमणको अवस्था अनुसार निषेधाज्ञा र कफ्र्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । पाल्पाको रामपुरमा भने रामपुर नगरपालिकाले गएको मंगलबार देखि नै आगामी १२ गते सम्मका लागि लकडाउन गरेको छ ।