कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुग्यो

काठमाण्डौं, भाद्र २,
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जनाको ज्यान गएपछि संक्रमितको संख्या थपिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २८ हजार दुई सय ५७ पुगेको छ । मन्त्रालयका अनुसार १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरिएकोमा एक हजार १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १७ हजार पाँच सय ८० जना उपचार पछि निको भएर घर फर्किएका छन् । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा १० हजार पाँच सय ६३ जना र क्वरेण्टीनमा १३ हजार नौ सय २६ जना रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *