कास्कीमा आज राति १२ बजेदेखि ७ गतेसम्म निषेधाज्ञा

२ भदौ, पोखरा,
कास्कीमा आज राति १२ बजेदेखि निषेधाज्ञा भएको छ । कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निर्णयपछि सुरक्षा समितिको बैठक बसेर आगामी ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय, कास्कीले जनाएको छ । चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको र पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको जनाईको छ । निषेधाज्ञा सँगै अत्यावश्यक बाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *