नवलपरासी, भाद्र २,
कोरोना संक्रमण बाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको ज्यान गएको छ । नवलपरासी सुस्ता पश्चिम निवासी ३८ वर्षीय गिरीको उपचारका क्रममा पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे ज्यान गएको हो । बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमणको पुष्टि भएपछि गत साउन ३० गते पाटन अस्पतालमा भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराउनुभएका गिरिलाई गएराति देखि श्वासप्रश्वासमा समस्या आएको र आज बिहान ६ बजेतिर ज्यान गएको हो । उहाँको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएको र पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।
तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका गिरि कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति हुनु भएको थियो ।