पाल्पाको रामपुरमा १० दिने लकडाउन

पाल्पा, भाद्र १,
पाल्पाको रामपुरमा १० दिन सम्म लकडाउन हुने भएको छ । मंगलबार राती १२ बजे देखि लागु हुने गरि १२ गते सम्म रामपुर नगरपालिकामा लकडाउन गर्ने नगरपालिकाको बैठकले निर्णय गरेको हो । यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो मुलुक बाट घर फर्किनेको संख्या थपिदै गएकाले झन् कोरोना संक्रमणको जोखिम बढेपछि नगरभित्र लकडाउन गर्ने निर्णय भएको रामपुर नगरपालिकाले जनाएको छ । लकडाउन अवधीमा अत्यावश्यक सेवाहरु औषधी पसल खुला रहने छन् । तरकारी र दुधका पसलहरु विहान ५ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म खुल्ला रहने जनाईको छ । बैंक तथा वित्तिय संस्थाहरु पनि विहान ११ देखि दिउँसो १ बजे सम्म खुला हुनेछन् । एम्बुलेन्स बाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

रामपुर नगरभित्र १ सय १७ जनामा कोरोना संक्रमणको पुष्टि भएपनि उनीहरु सबै निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *