काठमाण्डौं, भाद्र १
यस वर्षको एसईईको नतिजा आएको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सोमबार साँझ प्रकाशित गरेको हो । यस बषै चार लाख २ हजार नौ सय ६ जना विद्यार्थीले परिक्षाको लागि आवेदन दिएपनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार एसईईको नतिजा टेलिफोन, एसएमएस र वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कक्षा १० को विद्यालय मूल्यांकन , नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ स्वीकृत गरी त्यही कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणित भइ आएको विद्यार्थीहरुको प्राप्ताङ्कलाई सङ्कलन, रुजु र ग्रेडिङ गरी नतिजा प्रकाशित गरिएको हो । गएको चैत ६ गते हुने भनिएको परीक्षा कोरोना संक्रमणको जोखिम बढेपछि परिक्षाको अघिल्लो दिननै स्थगित भएको थियो । परिक्षानै हुन नसकेपनि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित भएको हो ।
नतिजा हेर्नका लागि ..