तिजमा माइत हिडेकी चेलीसंगै छोराछोरी सहित ४ जनाको ज्यान गयो

काठमाण्डौं, साउन ३२,
तिजमा माइत हिडेकी चेलीलाई छोरा छोरी संगै खोलाले बगाएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा अछामको पञ्चदेवल विनायक नगरपालिका ९ तानकोटकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी विपना, सात वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिलाई खोलाले बगाएर ज्यान लिएको हो । खोलाले बगाएका उनीहरुको शव भेटिएको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जङ्गार तर्दा उनीहरुलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले बताएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *