यूएईमा दुई नेपालीको ह*त्या

काठमाण्डौं, साउन ३२
यूएईमा दुई नेपालीको ह*त्या भएको छ । सारजाहमा दुई जनाको ह*त्या भए पनि तनहुँ भगवतीपुर ७ का ३६ वर्षिय मंगलराज श्रेष्ठको मात्रै परिचय खुलेको छ । अर्का नेपालीको भने परिचय खुलेको छैन । नेपाली दुतावासका अनुसार मृ*तक श्रेष्ठको शरीरमा २० ठाउँमा छुरा प्रहार भएको छ । अर्का नेपालीको शरीरमा पनि त्यस्तै धारिलो हतियार प्रयोग गरेर ह*त्या भएको दूतावासले जनाएको छ ।

घटनाको प्रारम्भिक विवरण अनुसार दुई जनाबीच आपसी विवाद हुँदा एक अर्काको ह*त्या भएको भनिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही पक्राउ परेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *