कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुग्यो

पाल्पा, साउन ३१
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कपिलबस्तु, पर्सा र धनुषामा एक एकजनाको कोरोनाबाट ज्यान गएको छ । कपिलबस्तुको मायादेवीका ४० वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा, पर्साको वीरगञ्जका ६० वर्षीय पुरुषको गण्डक अस्पतालमा र धनुषाको जनकनन्दनीका ५० वर्षीय पुरुषको ज्यान गएको हो । कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या २६ हजार नाघेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका ४ सय ६८ सहित देशभर संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *