काठमाण्डौं,साउन ३०
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या शय पुगेको छ । शुक्रबार मात्रै थप ५ सय ९४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना संक्रमितको जम्मा संख्या २५ हजार ५ सय ५१ पुगेको छ । गएको माघ ९ गते नेपालमा पहिलो पटक कोरोना संक्रमणको पुष्टि भएको थियो । चैत्र १० गते दोस्रो ब्यतिmमा कोरोना संक्रमणको पुष्टि भएपछि सरकारले लकडाउन घोषणा गरेको हो । भारतमा रहेका नेपालीहरु स्वदेश फर्किन शुरुभएदेखि नेपालमा झन् संक्रमणको गति तिब्र बनेको हो ।