पाल्पा, साउन २९,
घरमै रहेकी तानसेन ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएपछि पाल्पा सदरमुकाम तानसेन बजारका बिभिन्न क्षेत्र शिल गरिएको छ । स्थानिय स्तर सम्म हुन सक्ने फैलावटलाई रोक्नका लागि जिल्ला प्रशासन कार्यालय, पाल्पाले बिहिबार बेलुकी ८ बजे देखि लागु हुने गरी लागि तानसेन नगरपालीकाको पूर्बमा हुलाक चोक, पश्चिममा गौरीशंकर गेष्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोलपम्पको चारकिल्ला भित्रको बिशाल बजार क्षेत्र शील गरिएको हो ।
अर्को सुचना जारी नहुँदा सम्म ति क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालयले सुचना मार्फत जानकारी दिएको हो ।