तानसेनमा घरमै रहेकी महिलामा कोरोना संक्रमण

पाल्पा, साउन २९,
पाल्पा सदरमुकाम तानसेनमा घरमै रहेकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । तानसेन ४ की ४० वर्षिया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय, पाल्पाले जनाएको हो । लुम्बिनी मेडिकल कलेज, प्रभासमा एपेन्डिसाईटको अप्रेशन पछि घर फर्किएकी महिलाको थप उपचारका लागि काठमाण्डौं लानका लागि गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । संगै परिक्षण गरिएपनि संक्रमित महिलाका श्रीमानमा भने नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा पहिलो पटक शमुदाय स्तरमा कोरोना संक्रमणको पुष्टि भएको भन्दै थप सतर्कता अपनाउन स्वास्थ्य कार्यालय, पाल्पाका सुचना अधिकारी ओमप्रकास पन्थीले आग्रह गर्नुभयो । शमुदाय स्तरमा संक्रमण पुष्टि भएपछि तानसेन नगरपालिका द्धारा कन्ट्रयाक टे«सिङको काम शुरु गर्ने र उनीहरुमा ५ दिन पछि कोरोना परिक्षण हुने जनाइएको छ ।

५ सय ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको पाल्पामा एक जनाको ज्यान गएको छ । संक्रमित मध्ये ५ सय ६० जना उपचार पछि निको भएर घर फर्किका छन् । संक्रमित मध्ये ५ सय १६ र ४७ जना महिला रहेका छन् । दुई हप्ता अघि कोरोना संक्रमण शुन्य जिल्लामा रहेको पाल्पामा , फेरी संक्रमितको संख्या थपिन शुरु भएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *