कोरोनाबाट एकै दिन १० जनाको ज्यान गयो, संक्रमितको संख्या पनि थपिदै

काठमाण्डौं, साउन २८
कोरोना भाइरसको संक्रमणवाट नेपालमा एकै दिन १० जनाको ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकै दिन ४ सय ८४ जना संक्रमित थपिएका छन् । थपिएका संगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । कोरोना संक्रमण बाट ९२ जनाको ज्यान गएको छ । १६ हजार ७ सय २८ जना भने उपचार पछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुुसार देशभरका प्रयोगशलामा १० हजार ४८१ नमुना परीक्षण गरिएको थियो । त्यसक्रममा सबैभन्दा धेरै काठमाडौंमा १०९ संक्रमित भेटिएका हुन् । मोरङका ४८, महोत्तरीका ४४, धनुषाका ३९, रौतहटका २४, ललितपुरका २१, सुर्खेतका १८, मकवानपुरका १६, सुनसरी, चितवन र, बाराका १५÷१५ जना, कास्कीका १३, झापा र सिराहाका १०÷१० जना, भक्तपुरका ९, रुपन्देहीका ८ सर्लाही र स्यााङ्जाका ६÷६ तथा सप्तरी, काभ्रे र दार्चुलाका ५÷ ५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार दैलेखमा ४, कञ्चनपुर, पर्सा ,अर्घाखाँची,रुकुम पश्चिमका ३÷३ जना, गोरखा, नुवाकोट, तनहुँ, दोलखा,धादिङ र डोटीका २÷२ जना, इलाम, ताप्लेजुङ, वैतडी, दाङ,बाँके, ओखलढुंगा, रामेछाप, जाजरकोट, कपिलवस्तु, खोटाङ, पाल्पा, सल्यान र बैतडीका एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *