बुटवल, साउन २८
बिहिवार देखि लागु हुने गरि बुटवलमा भाद्र ५ सम्म लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकले साउन २९ गते बिहिवार राति पौने १२ देखि भदौ ५ गते राति पौने १२ सम्म लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनका बेला उपमहानगर तथा सबै वडा बाट हुने अत्यावश्यकिय बाहेकका सबै सार्वजनिक सेवा बन्द हुने छन् । लकडाउन अवधिमा सार्वजनिक, निजी तथा सरकारी सवारीका साधन समेत अत्यावश्यक काममा बाहेक सञ्चालन गर्न रोक लगाइएको छ ।
खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै र दूध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्न पाउने जनाइएको छ ।