आज एतिहासिक भगवती जात्रा, क्षमापुजा मात्रै गरिने

पाल्पा, साउन २८
आज एतिहाशिक भगवती जात्रा । औपचारिक रुपमा क्षमा पुजा मात्रै गरिने भएको छ । अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा कोरोना संक्रमणको जोखिमले गर्दा क्षमा पुजा मात्रै हुने भएको हो । जात्राको अघिल्लो दिन हिजो भएको जाग्राम लाई समेत सीमित गरिएको थियो । नेपाली सेना, गुठीयार, समिति, सरकारी प्रतिनिधीले पुजा गरेपछि आज दिउँसो रथलाइ मन्दिर परिषरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने भगवती गुठि ब्यवस्थापन समितिले जनाएको छ । २ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको बिजयोत्सवमा यस वर्ष बलि समेत नचढाईने भएको छ । यस अघि जात्राको अघिल्लो दिन रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउँने र भोलिपल्ट बिहानै देखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।

जात्राको यात्रा
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलि पल्ट मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको हो । अंग्रेजफौज संग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र बिजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ । पाँच वटा नाका बाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लगाईमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको संझनामा विक्रम सम्वद १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठि ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको ईतिहास बोकेको श्रीरणउजीरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्बको मान्यता दिनुपर्ने स्थानियको माग अहिले सम्म पुरा भएको छैन । प्रदेश ५ ले भने स्थानिय बिदा दिएको छ । जात्राको दिन आज पाल्पामा सार्वजनिक बिदा दिइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *