फोनिजले स्थापना गरेको २०÷२० लाखको दुई अक्षयकोषमा सहयोग गर्न अपिल

काठमाण्डौं, साउन २७
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले २०÷२० लाखको अक्षयकोष निर्माण गर्ने घोषणा गरेको छ । फोनिजको २१ औ स्थापना दिवसका अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रममा संघिय अध्यक्ष डण्ड गुरुङ्गले आदिबासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड ) अक्षयकोष र आदिबासी जनजाति पत्रकार सहयोग अक्षयकोषको घोषणा गर्नुभएको हो । १०÷१० लाख रुपिया दुबै कोषमा राखिएकोमा त्यसलाई २०÷२० लाख पुर्याईने जानकारी दिदै सो कोषमा सहयोग गरिदिन अध्यक्ष गुरुङ्गले सबै संग आग्रह गर्नुभयो । फोनिजले भर्चुअलको माध्ययम वाट २१ औ स्थापना दिवस सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीले फोनिजले घोषणा गरेको कोषमा सवैको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा फोनिजका सल्लाहकार एबम् फोनिजका पूर्ब अध्यक्ष खिम घले, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्ती मगर लगाएतले बोल्नुभएको थियो । स्थापना दिवसका अवसरमा सबै जिल्ला शाखाहरुलाई आर्थिक सहयोग गरेको फोनिजमा देशभरी ८ संस्थागत सदस्य संगठन रहेका छन् । ५६ जिल्ला शाखा, ७ प्रदेश कमिटि र विदेशका ६ वटा देशमा शाखा रहेको फोनिजका संस्थागत सचिब मिलन लिम्बुले जानकारी दिनुभयो । फोनिजमा अहिले ४ हजार बढी आदिबासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *