पाल्पामा भएको दुर्घटनामा २ को ज्यान गयो ६ जना घाइते

पाल्पा, साउन २७
पाल्पाको निस्दीमा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । निस्दी गाउँपालिकाको ज्यामिरेबाट गल्धाका लागि छुटेको लु १ ज २८८७ नम्बरको जिप मंगलबार साँझ ६ बजे तिर गल्धाको पटकसर नजिकै दुर्घटना भएको निस्दी गाउँपालिका ४ का वडा सदस्य रन बहादुर गाहाले जानकारी दिनुभयो । दुर्घटनामा निस्दी गाउँपालिका ५ गल्धा गावुडाँडाका ६३ वर्षिय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्याल काफलका ३ महिने नाम नखुलेका बालकको घटना स्थलमै ज्यान गएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालले जनाएको छ । गाडीमा चालक सहित १० जना रहेको स्थानियले जनाएका छन् । दुर्घटनामा निस्दी ५ गल्धा, पटकसरका ३८ वर्षिया सुमित्रा सारु , ३६ वर्षिय सेरमती सारु , २० वर्षिय लक्ष्मी सारु र ३७ वर्षिया तिलकुमारी सारु, निस्दी ४ मित्याल झ्यालतुङका २५ वर्षिय सृजना गाहा, निस्दी ४ मित्याल , काफलका २२ वर्षिय विष्णु माया सारु घाइते भएका छन् ।

घाइतेहरुको उपचारका लागि सदरमुकाम तानसेन पठाएको जनाइएको छ । तर यो समाचार तयार पार्दा सम्म तानसेको कुनै पनि अस्पतालमा घाइतेहरुलाई ल्याइएको छैन । जिप सडकबाट करिब ७ सय मिटर तल झरेको छ । दुर्घटना पछि चालक र सह चालक फरार रहेको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *