अंग्रेजलाई जितेको संझनामा मनाइने भगवती जात्रामा यस वर्ष क्षमापुजा मात्रै हुने

पाल्पा, साउन २७,
अंग्रेजसंगको युद्धमा नेपाली फौज बिजयी भएको दिनको सम्झनामा पाल्पाको तानसेनमा मनाइने श्रीरणउजिरेश्वरी भगवती जात्रामा यस बर्ष क्षमा पुजा मात्रै हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण बुधबार परेको यस बर्षको जात्रालाई औषचारिकता मात्रै दिईने भगवती गुठी ब्यवस्थापन समितिले जनाएको छ । श्रीकृष्ण जन्माष्टमी भोली पल्ट मनाइने भगवती जात्राको अघिल्लो दिन हुने जाग्राम लाई समेत सीमित गरिएको छ । सरकारले जारी गरेको निर्देशनलाई आत्मसात गर्दे नेपाली सेना, गुठीयार, समिति, सरकारी प्रतिनिधीले पुजा गरेपछि रथलाइ मन्दिर परिषरभित्र मात्रै घुमाएर जात्रा विसर्जन गरिने भएको हो । २ सय २ औं भगवतीजात्राका रुपमा मनाउन लागिएको बिजयोत्सवमा यस वर्ष बलि समेत नचढाईने भएको छ । यस अघि जात्राको अघिल्लो दिन रातभरी जाग्राम बसेर भगवतीको महिमा गाउँने र भोलिपल्ट बिहानै देखि पूजा पाठ गरी भगवतीको मूर्ति रथमा राखेर सिन्दूरजात्रा गर्दे रथलाई बजार परिक्रमा गराउने चलन थियो ।

जात्राको यात्रा
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले कृष्ण जन्माष्टमीको भोलि पल्ट मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको हो । अंग्रेजफौज संग बुटवलको जितगढीमा भएको लडाइमा युद्धमा जानु अघि थापाले बिजयी भएमा मन्दिर बनाएर प्रत्येक वर्ष सिन्दुर जात्रा गर्ने भाकल गरेको र बिजय पश्चात जात्रा मनाउन सुरु भएको ईतिहासमा उल्लेख छ । पाँच वटा नाका बाट नेपाल माथि भएको आक्रमणमा चार स्थानमा नेपालले हार बेहोर्नु परेपनि जितगढीको लगाईमा अग्रेजफौजलाई नेपाली फौजले हराएको थियो । त्यसैको संझनामा विक्रम सम्वद १८७६ देखि जात्रा मनाउन थालिएको भगवती मन्दिर गुठि ब्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले दिनुभयो । नेपालको राष्ट्रियता, स्वाभिमान र राष्ट्रिय गौरवको ईतिहास बोकेको श्रीरणउजीरेश्वरी भगवती माईको रथजात्रालाई राष्ट्रिय पर्बको मान्यता दिनुपर्ने स्थानियको माग अहिले सम्म पुरा नभएपनि प्रदेश ५ द्धारा स्थानिय बिदा दिएको छ । जात्राको दिन बुधबार तानसेन नगरभित्र सार्वजजिक विदा दिइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *