काठमाण्डौं, साउन २७
सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएको भन्दै सरकारले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना र खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो । यसअघि गएको साउन ५ गते बसेको मन्त्रीपरिषदको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट संचालन गर्न दिने निर्णय गरेको थियो । यस अघि भाद्र १ गते देखि शुरु गर्ने भनिएको लामो दुरीको यातायात र आन्तरिक तथा बाह्य उडानमा समेत रोक लगाइएको छ ।