काठमाण्डौं, साउन २६
कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बाँके कोहलपुरकी ७० वर्षीया महिला, पर्साकी ४५ वर्षीया महिला, काठमाडौं १० मध्यबानेश्वर ७६ वर्षीय पुरुष र काठमाडौं कीर्तिपुर ६४ वर्षीय पुरुषको ज्यान गएको हो ।
मन्त्रालयका अनुसार देशका बिभिन्न जिल्लामा थपिएका ३ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । अहिलेसम्म १६ हजार ४ सय ९३ जना उपचारपछि घर फर्किएको मन्त्रालयले जनाएको छ ।