नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो

काठमाण्डौं, साउन २३,
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो पटक पाटन अस्पतालमा उपचार गराइरहेका २ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । उनीहरुमध्ये १५ हजार ८ सय १४ जना निको भएर घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *