काठमाण्डौं, साउन २२
देशभरी तत्काल पुर्ण लकडाउन नहुने भएको छ । कोरोना संक्रमण कम भएको ठाउँमा खुकुलो र सङ्क्रमण धेरै भएका ठाउँमा प्रतिबन्ध रहने सरकारका प्रवतक्ताले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रिपरिषद् बैठकको निर्णयका बारेमा जानकारी दिदै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले लकडाउन हुन्छ कि भनेर नआत्तिन तर संयममता भने अपनाउन आग्रह गर्नुभयो । आफू सङ्क्रमित हुन्छु कि, मबाट अरु सङ्क्रमित हुन्छन कि भनेर ध्यान दिन समेत उहाले सवैसंग आग्रह गर्नुभयो ।
संक्रमण बढी भएका जिल्लामा अहिले निशेधाज्ञा जारी गरिएको छ भने संक्रमण कम भएका जिल्लामा लकडाउन गरिएको छैन ।