नेपालमा कोरोनावाट ज्यान गुमाउनेको संख्या ६३ पुग्यो

काठमाण्डौं, साउन २१,
नेपालमा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार एकै दिन ५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार कोरोना बाट ज्यान गुमाउनेमा पर्सा र मोरङमा दुई–दुई जना र काठमाडौंमा एक जना रहेका छन् । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल संख्या २१ हजार तीन सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप एक सय ३० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या १५ हजार एक सय ५६ पुगेको छ ।
अहिले ६ हजार एक सय ७४ जना आइसोलेसनमा रहेका छन् भने नौ हजार नौ सय २५ जना क्वरेण्टीनमा छन् । अहिलेसम्म चार लाख १२ हजार नौ सय ५३ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *