पाल्पा, साउन २०,
पाल्पा कोरोना मुक्त बनेको छ । चार जना कोरोना संक्रमितहरु तानसेन स्थित लुम्बिनी मेडिकल कलेजको कोभिड सेन्टरबाट मंगलबार डिस्चार्ज भएसंगै पाल्पा कोरोना संक्रमण मुक्त जिल्ला भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार मापडण्ड अनुसार रम्भा गाउँपालिकाका ४ जनै संक्रमितहरुमा कुनै लक्षण नदेखिएको र पिसिआर परिक्षण विनै घर पठाईएको छ । ५ सय ६१ जनामा संक्रमण देखिएको पाल्पामा १ जना पूषरुको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ । संक्रमितहरु सबै घर फर्किएका छन् । ३ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ सय ६१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्ये ५१५ जना पुरुष र ४६ जना महिला हुन् । समुदाय स्तरको स्वास्थ्य परिक्षणमा १ सय १८ जनाको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको छ ।
जनतासंग प्रत्यक्ष सम्पर्कमा आउने ब्यापारी, सरकारी कर्मचारी, पत्रकार, बैंकका कर्मचारी लगाएतका १ सय १८ जनामा गरिएको परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । पाल्पाका बिभिन्न पालिकामा रहेका क्वारेनटिनम अहिले ३५ जना रहेका छन् ।