पाल्पा ग्यास डिलर्स संघको साधारणसभा तथा अधिबेशन सम्पन्न

पाल्पा, साउन १७
पाल्पा ग्यास डिलर्स संघको अध्यक्षमा पुन राजेन्द्र बज्राचार्य निर्वाचित हुनु भएको छ । शनिवार तानसेनमा सम्पन्न संघको सातौं साधारण सभा तथा चौधौं अधिबेशनले अध्यक्षमा पुन राजेन्द्र बज्राचार्यलाई सर्वसम्मत चयन गरेको हो । अधिबेशनले आगामी ३ वर्षे कार्यकालका लागि उपाध्यक्षमा पर्शुराम पौडेल , सचिवमा अजय बहादुर श्रेष्ठ, कोषाध्यक्षमा उमेशराज शाक्य, सहसचिब बिष्णुजिसिलाई निर्वाचित गरेको छ । सदस्यहरुमा जाल बहादुर खाती, राजेश श्रेष्ठ, भुपेन्द्र केसि,राम बहादुर श्रेष्ठ निर्वाचित भएको र बाँकी २ जना सदस्य पछि मनोनयन गरिने संघले जनाएको छ ।

अधिबेशनले संघमा आवद्ध सदस्यहरुको २ लाख बरावरको दुर्घटना बिमा गर्ने समेत निर्णय गरेको नवनिर्वाचित सचिव अजय श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *