काठमाण्डौं, साउन १७
नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमती प्रदेशमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णाली प्रदेशमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित छन् । मन्त्रायलका अनुसार देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वरेण्टीनमा रहेका छन् । अहिले ६ वटा जिल्ला कोरोनामुक्त भएका छन् । सबै सङ्क्रमित ठिक भएपछि भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ सङ्क्रमितमुक्त भएको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।