नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुग्यो

काठमाण्डौं,साउन १६
नेपालमा कोरोना बाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । पछिल्लो २४ घन्टामा कोरोनाबाट चारजनाले ज्यान गुमाएका छन् । उनीहरु चारै जना पर्साको वीरगञ्जका रहेको स्वास्थ्य जना जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय पर्सा वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुष, पर्सा वीरगञ्ज १६ का ३५ वर्षीय पुरुष, वीरगञ्ज २ का ६५ वर्षीय पुरुष र पर्साको वीरगञ्ज ११ घर भएर ललितपुरमा बस्ने ६५ वर्षीया महिलाको ज्यान गएको मन्त्रालयले पुष्टि गरेको हो । नेपालमा संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ । संक्रमितमध्ये १४ हजार ३ सय ९९ जना उपचारपछि घर फर्किएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *