काठमाण्डौं, साउन १५
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले अन्तरजिल्ला आउँजाउँमा फेरी रोक लगाएको छ । गृह मन्त्रालयले निर्देशन जारी गर्दै अत्यावश्यक काम बाहेक एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयहरुलाई भनेको छ । अन्तर जिल्ला पास जारी नगर्न भन्दै मन्त्रालयले कोरोना संक्रमितको संख्या थपिदै गएको भन्दै दैनिक १२ घण्टाका लागि काठमाण्डौ उपत्यकाको नाका बन्द गर्न निर्देशन दिएको छ ।
काठमाण्डौ प्रवेश गर्ने यात्रुहरुको स्वाब परिक्षणमा कोरोना संक्रमित भेटिएको भन्दै गृह मान्त्रालयले साँझ ७ बजे देखि विहान ७ बजेसम्म पूर्ण रुपमा बन्द गर्न निर्देशन गरेको छ । अर्को आदेश नभएसम्मका लागि यही नियम लागुहुने मन्त्रालयले जनाएको छ ।