जङ्गली च्याउ खाँदा ४ जनाको ज्यान गयो

जाजरकोट , साउन १३
जाजरकोटमा जङ्गली च्याउ खाँदा ४ जनाको ज्यान गएको छ । च्याउको तरकारी खाँदा कुशे गाँउपालिका १ स्याक्रीमा जनक चलाउनेकी तीन वर्षीया छोरी अन्जना, आउसरा, निरुता सिंह र धनसरा चलाउनेको ज्यान गएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार गएको शुक्रबार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका आठ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये सात जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *