पाल्पा, श्रावण १३
पाल्पा बुटवल सडक एक तर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, नागमन्दिर, पैठेडाँडा, दोभान, गौडेपुल लगायत स्थानमा खसेको पहिरो हटाए पछि मंगलबार दिउँसो बाट सडक एकतर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । सडक संचालनमा आएपनि जोखिम रहेकाले यात्रा गर्दा सावधानी अपनाउन समेत प्रहरीले आग्रह गरेको छ । जोखिमकै कारण पाल्पा बुटवल सडकमा बेलुकी ८ बजे देखि बिहान ६ बजे सम्मका लागी यात्रा गर्न रोक लगाइएको छ ।