पाल्पा, श्रावण १३
पाल्पा बुटवल सडक अवरुद्ध छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुल र सिद्धबाबा मन्दिर नजिक पहिरो झरेपछि मंगलबार बिहानै देखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । निरन्तर पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । यस्तै सिद्धार्थ राजमार्गको तानसेन राम्दी सडक समेत अवरुद्ध भएको छ । बगनासकाली गाउँपालिका ४ सेरा भन्ने स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।