बाढीले बगाउँदा पाल्पामा एक यूवाको ज्यान गयो

पाल्पा, श्रावण १३
बाढीले बगाउँदा पाल्पामा एक यूवाको ज्यान गएको छ । सडक बाट आएको भल बारीमा पसेपछि तर्काउन गएका रम्भा गाउँपालिका १ अर्सेदीका २९ वर्षिय दिनेश अर्यालको ज्यान गएको स्थानीय दिपक अर्यालले जानकारी दिनुभयो । राती ३ बजे खेतमा पसेको भल तर्काउन दाजु सँगै खेतमा गएका अर्यालको अचानक आएको भलले बगाउँदा ज्यान गएको हो । उनको शव पुरिएको अवस्थामा भेटिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *