नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाण्डौं,श्रावण १२,
नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट सोमवार मात्रै थप तीन जनाको ज्यान गएको सरकारले पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज नगरपालिकाका ६५ वर्षीय पुरुष, धनुषाको शहीनगर नगरपालिकाका ३६ वर्षीय पुरुष र बाराको ठेटा गाउँपालिका निवासी ६० वर्षीय पुरुषको सोमबार मृत्यु भएको पुष्टि भएको हो ।

यसैविच नेपालमा कोरोना सङ्क्रमितको संख्या १८ हजार सात सय ५२ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म १३ हजार सात सय ५४ जना निको भएर घर फर्किएका छन् । चार हजार नौ सय ५० जना सङ्क्रमितको उपचार भैरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १६ हजार तीन सय ७१ जना विभिन्न क्वरेण्टीनमा रहेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *