स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जनामा कोरोना संक्रमण

स्याङ्जा, श्रावण १२,
स्याङ्जाका प्रहरी प्रमुख सहित १८ जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । शुरुमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको पुष्टि भएपछि कार्यालयमा हरेका सबैको कोरोना परीक्षण गर्दा प्रहरी प्रमुख ( प्रहरी उपरिक्षक) सहित १८ जना प्रहरीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । परीक्षणका क्रममा स्याङ्जाका ३९, २७, ३७, २८, ४१, ३३, ३८, ३४, ४६, ३१, ३५, २७, ४१, २७, ३४, ४४ र ३६ वर्षिय पुरुषहरु र २६ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई जिल्लामा रहेको आइसोलेसन र हेलुको आइसोलेसन कक्षमा राखिएको जनाइएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *