पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आयोजना

पाल्पा,श्रावण १०
पाल्पा आई.टि.एफ् तेक्वान्दो संघले प्रथम पाल्पा आई.टि.एफ.पुरुष भर्चुअल सेल्फ डिफेन्स राष्ट्रिय तेक्वान्दो प्रतिगोगिता २०७७ को आयोजना गरेको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा गरिएको प्रतियोगितामा सहभागी हुन यही श्रावण ३० गते भित्र प्रतियोगि सहभागीहरुले भिडियो पठाउनुपर्ने आयोजक पाल्पा आई.टि.एफले जनाएको छ । पाल्पा आई.टि.एफ्का उपाध्यक्ष एवम् अन्र्तराष्ट्रिय प्रशिक्षक कृष्ण थापा मगरका अनुसार सेतो पेटी देखि कालो पेटीका सेकेन्ड डान सम्मका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने छन् । भाद्र ५ गते नतिजा आउने जानकारी दिदै सहभागीहरुले सेल्फ डिफेन्सको भिडियो १ः३० देखि २ः३० मिनेटको हुनुपर्ने थापाले बताउनुभयो । खेलाडी संख्या एक समुहमा बढिमा ४ जना हुनुपर्ने र आई.टि.एफ को Donak अनिवार्य रुपमा लगाउनुपर्ने जनाइएको छ । मार्शल आर्ट सीप प्रदर्शन गर्ने धेरै विधिहरुको प्रयोग गरेर दर्शकहरुलाई मनोरन्जन दिने, प्रस्तुतीकरण दु्रत गतिमा ,उच्च उर्जा, रोमान्चक, नाटकीय र हेर्नका लागि रमाईलो हुनुपर्नेमा प्रतियोगि सहभागीले ध्यान दिनुपर्ने आयोजकको भनाई छ ।

भिडियोमा कुनै सम्पादन गर्न नहुने भन्दै कोरोना संक्रमणको असरलाई ध्यान दिदै कभर्डहल मात्र नभई जस्तो सुकै ठाँउमा पनि भिडियो बनाएर पठाउन सकिने जनाइएको छ । खेलाडीको पुरा नाम, जिल्ला र प्रदेश अनिवार्य उल्लेख हुनुपर्ने र निर्माण भएका भिडियो पाल्पा आई,टि,एफ्को फेसबुक मेसेन्जर वा Palpaitf2075@gmail.com मा इमेल गर्न सकिने आयोजकले जनाएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार, दोस्रो ५ हजार र तेस्रो पुरस्कार ३ हजार नगद राखिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *