काठमाण्डौं, श्रावण ९,
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १२ हजार नौ सय ४७ जना निको भएर घर फर्किएका छन् ।अहिले प्रदेश एकमा एक सय ४६, प्रदेश दुईमा एक हजार नौ सय एक,वाग्मती प्रदेशमा चार सय ३९,गण्डकी प्रदेशमा तीन सय ३१, ५ नम्बर प्रदेशमा तीन सय ५४,कर्णाली प्रदेशमा तीन सय १५ र सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९७ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ ।