काठमाण्डौं,श्रावण ९,
नेपालमा कोरोना भाइरसको संक्रमण बाट ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । पछिल्लो पटक कोरोना भाइरसको संक्रमणबाट पर्साको श्रीपुरकी ८५ वर्षीया महिलाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नारायणी अस्पतालमा उपचारका क्रममा ती महिलाको ज्यान गएको बताउनुभयो ।
मृतक महिला मुटुरोगी भएको र उनलाई निमोनियाको पनि संक्रमण रहेको गौतमको भनाई छ ।