पाल्पा, श्रावण ९,
पाल्पाको रैनादेवि छहरा गाउँपालिका ७ स्थित चिदिपानीमा गत असार १ गते झुण्डीएर आत्मह*त्या गरेकी २६ वर्षीया भिमकुमारी बिकको आत्मह*त्या प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीमा कार्यरत श्रीमानको आँखा छलेर परपुरुष संग अनैतिक प्रेम सम्बन्ध राख्न पुगेकी भिमकुमारीले तिनै परपुरुषले दिएको मानसिक यातनाले आत्मह*त्या गर्न बाध्य भएको उनका परिवार र आफन्तले दाबी गरेका छन् । रुपन्देहीको सैनामैनास्थित बाँसगढीमा डेरा गरि बस्दै आएकी भिमकुमारीले एक छोरा र छोरीलाई स्थानीय सनराइज बोर्डिङमा पढाउँदै आएकी थिइन् । सोही स्कूलमा गाडी चलाउने चालक बिमल परियारसंग अनैतिक प्रेम सम्बन्ध राख्न पुगेकी भिमकुमारीले उनै बिमलले दिएको मानशिक यातनाले आत्मह*त्या गरेको मृतक विककी बहिनी अनिता विकले जानकारी दिनुभयो । अनिताका अनुसार परियार र मृतक बिकबीच अनैतिक सम्बन्ध रहेको थियो । उनीहरुबीचको अनैतिक सम्बन्धबारे जानकारी पाएपछि मृतकका श्रीमान् तारा विकले पत्नीको निगरानी गर्न थालेको जनाईको छ । बासगढी निवासी चालक परियारले मृतक भिमकुमारीलाई भेट्न उनकै निवासमा जाने र मोटरसाईकलमा विभिन्न ठाउँमा घुमाउने गरेको मृतककी बहिनी अनिताको भनाई छ । भिमकुमारीले आत्मह*त्या गर्नु तीन दिनअघि मात्र परियार, मृतकको घर पाल्पा चिदिपानी आएका थिए । चिदीपानीमा रहेका मृतकका परिवारसंग पनि परियारको भेट भएको मृतककी देवरानी सुकमाया विकले जानकारी दिनुभयो । पटक—पटक गाउँमा आउँने र निवासमै आएर मृतक भिमकुमारीसंग अनैतिक सम्बन्ध राख्ने गरेको थाहा पाएपछि उनका पतिले निगरानी शुरु गरेको गाउँलेहरुले बताएका छन् । भिमकुमारीको काजकिरीया सकेपछि मृतकका पति तारा विकले जिल्ला प्रहरी कार्यालय पाल्पामा मृतकको फोन कल रेर्कड हेर्न निवेदन दिएका छन् । कल रेर्कड अध्ययनको लागि जिल्ला प्रहरी कार्यालय पाल्पाले विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाएको छ । कल रेर्कड आईसकेपछि उक्त घटनाको थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता,प्रहरी नाउव उपरिक्षक मदन गिरीको भनाई छ । आफू संग बिहे नगरे जेपनि गर्न सक्छु भन्दै बिमलले धम्क्याउने गरेको मृतकी बहिनी अनिताको भनाई छ । बिमलले घरमै पुगेर मानसिक तनाव दिएको र घर परिवारले पनि चाल पाएपछि दोहोरो तनाव सहन नसकेर दिदीले आत्महत्या हत्या गरेको अनिताको दाबी छ ।
बासगढीका गाडी चालक बिमल परियारले भने आफनो कारणले बिमलाले आत्मह*त्या नगरको बताएका छन् । आफूले अनितालाई ३० हजार रुपैयाँ सापटी दिएको र त्यही रकम माग्नको लागि दुई दिदीबहिनीसंग भेट्ने गरेको उनको दाबी रहेपनि रकम सापटी लिएको कुरा झुट भएको अनिताले बताउनुभयो । मृतक भिमकुमारीका पति तारा विकले पनि बिमल परियारकै कारण आफ्नो परिवार उजाड बनेको भन्दै कानुनी कारवाहीको लागि आफू धाइरहको बताउनुभयो । नाबालक छोरा र छोरीले समेत बिमल परियारले आफूहरुलाई पैसा दिएर आमालाई भेट्न आउने गरेको बताएको तारा बिकको भनाई छ । अव बिमल परियारको मानसिक दबावले भिमकुमारी मर्न बाध्य भएको भन्ने तथ्य भेटिए परियारलाई आत्मह*त्या दुरुत्सानको मुद्दा लाग्ने छ । यदि आत्मह*त्या दुरुत्सान पुष्टि भए उनलाई पाँच वर्षसम्मको कैद र ५० हजार रुपैयाँ जरीवाना हुुने कानुनी ब्यवस्था छ ।