अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी संचालन

पाल्पा,श्रावण ९
शुक्रबार बिहानै बाट अवरुद्ध पाल्पा बुटवल सडक एकतर्फी रुपमा संचालनमा आएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन बुटवल सडकको गौडेपुलनिर झरेको पहिरो हटाएपछि बिहान ८ ः ५० बाट एक तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । शुक्रबार बिहानै दोभानको नाग मन्दिर नजिक झरेको पहिरो समेत हटाइएको छ । जोखिम बढी भएकाले पाल्पा बुटवलको सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । निरन्तरको पानीले पहिरो गएपछि तानसेन रामपुर सडक शुक्रबार बिहानै देखि अवरुद्ध रहेको छ । प्रहरीका अनुसार तानसेन रामपुर सडकका बिभिन्न ४ स्थानमा झरेको पहिरा हटाउने प्रयास भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *