विदेशमा जस्तो दुख गरे गाउँमै सुन फल्ने रैछ ः पाल्पा बौघागुम्हाका यूवाहरु

बिष्णु थापा, पाल्पा, श्रावण ७,
पाल्पाको तानसेन–१३, बौघागुम्हाका युवाहरु ब्यवशायीक कृषिमा होमिएका छन् । बर्षौ सम्म परदेशमा पसिना बगाएका उनीहरुले अव गाउँमै बसेर काम गर्ने बताएका छन् । गरे यही हुने रैछ, झण्डै १ दशक दुबई बसेर घर फर्किएका बौघागुम्हा भिलेज कृर्षि फर्म प्रा.लि.का अध्यक्ष दुर्गा थापाले भन्नुभयो बाउबाजेले गरेको कृर्षि ब्यवशायलाई ब्यवशायीक रुपमा गरे धेरै फाईदा हुने रैछ । आफु संगै छिमेकी ६ घर परिवार मिलेर व्यवशायिक कृर्षिमा होमिएका थापाले भाडामा लिएको थपेर शय बढी रोपनी जमिनमा व्यवसायिक रुपमा सुन्तला, कागती, घाँस खेति र अन्य फलफूलको खेती गरेको जानकारी दिनुभयो । आधुनिक खोर निर्माण गरी जमुना पारी जातका ५० बाख्रा बाट व्यवशाय शुरु गरेका गिर बहादुर थापाले अहिले बाख्रा , बगुंर पालन र १६ रोपनी जमिनमा टनेल बनाएर तरकारीे खेति गरेको बताउनुभयो । ५ बर्ष मलेशियामा बिताएको समय संझदा थकथकी लाग्ने भन्दै घरपरिवारमै बसेर गरेका कामले निकै आनन्द लागेको उहाको भनाई छ । बैंकको जागिर छाडेर कृषिमा लागेका झमान सिंह थापाले कृषि संगै ग्रामिण पयर्टनको सोच लिएर अघि बढेको बताउनुभयो । कृषि अनुसन्धान क्षेत्रको रुपमा गाउँलाई विकास गर्ने लक्ष्य रहेको थापाको भनाई छ । विदेशमा बसेर गरेका काम भन्दा गाउँघरमै रमाएर गरेको कामले निकै सन्तुष्ट मिलेको अर्का संचालक टोप बहादुर थापाले बताउनुभयो । कतार र दुबईमा होटल मेनेजरको अनुभव संगालेका टोप बहादुरले सधै विदेश बसेर नहुने भन्दै सानै भएपनि स्वदेशमै व्यवसाय सुरु गर्ने सल्लाहले घरपरिवार र साथीभाई मिलेर काम गरेको बताउनुभयो ।

आफूहरुले उत्पादन गरेका तरकारी ग्राहक सम्म पुर्याउन तानसेन बजारको सिलखानटोलमा पसलनै संचालन गरेको र भविष्यमा बुटवल सम्म पनि बिक्री केन्द्र विस्तार गरी गाँउका उत्पादित हरेक बस्तुको बिक्रि गर्ने उनीहरुको भनाई छ । झण्डै २५ लाख रुपैयाँबाट संयुतm रुपमा कृषि व्यवसाय सुरु गरेको जानकारी दिदै उनीहरुले स्थानीय सरकारको विशेष पहल, भुमिका र सहयोग हुनुपर्नेमा जोड दिएका छन् ।

विदेशमा जस्तो दुख गरे गाउँमै सुन फलाउन सकिने उनीहरुको अनुभव छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *