काठमाण्डौं, साउन ६,
सवारी साधनमा लागेको जोर बिजोर हटेको छ । अन्तर जिल्ला आउ जाउ तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भने भदौ १ गते पछि मात्रै संचालन हुने भएको छ । मंगलबार राती देखि लकडाउन हटाउने निर्णय गरेको सरकारले भदौ १ देखि मात्रै लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरुले बिहिवार देखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेका छन् ।