पहिरोले फेरी ३ जनाको ज्यान लियो

धादिङ, श्रावण ६,
धादिङमा पहिरोले घर पुरिदा एकै परिवारका ३ जनाको ज्यान गएको छ । त्रिपुरासुन्दरी गाउँपालिका ६ खबासेमा पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उहाँकी श्रीमती २० वर्षकी सम्झना १८ महिनाका एक बालकको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार रातिको समय भएको स्थानीयले समेत उद्धार पाएनन् ।

पहिराले एउटा घर पहिरोले बगाएको र बाँकी जोखिममा रहेका ५ घरका परिवारलाई सुरक्षित ठाउँमा राखिएको स्थानीयले जनाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *