पाल्पा बुटवल सडकका बिभिन्न स्थानमा पहिरो,बाटो अवरुद्ध

पाल्पा, श्रावण ६,
पाल्पा बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर लगाएतका स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पाल्पा बुटवल सडकमा बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाउँदै जिल्ला प्रहरी कार्यालय पाल्पाले अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न पनि अपिल गरेको छ । जुन सुकै बेला जहापनि पहिरो पहिरो खस्ने भएकाले सावधानी पनाउन आग्रह गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *