पाल्पा, श्रावण ५,
पाल्पा बुटवलको सडक एकतर्फी रुपमा संचालनमा आएको छ ।सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८,गौडेपुलमा खसेका ठूला ढुङ्गा सहितको पहिरो हटाएपछि सोबार बिहान ११ ः४० बाट एकतर्फी रुपमा बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय,पाल्पाले जनाएको छ।पाल्पा बुटवलको सडकमा जुन सुकै बेला जहापनि पहिरो पहिरो खस्ने भएकाले सावधानीका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पा बुटवलको सडकममा बेलुकी ८ देखि बिहान ६ बजे सम्मका लागी यात्रा गर्न रोक लगाएको छ ।जोखिम पुर्ण यात्राबाट खतरा हुन सक्ने भएकाले अर्को सुचना जारी नभएसम्मका लागी बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाईको प्रहरीले जनाएको छ ।