प्युठानमा भएको दुर्घटनामा ७ जनाको ज्यान गयो

प्यूठान, श्रावण ४
प्युठानमा भएको ट्याक्टर दुर्घटनामा ७ जनाको ज्यान गएको छ । प्युठानको स्वर्गद्वारी नगरपालिका ३ रुमाले भन्ने ठाउँमा लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ट्याक्टरमा चालकसहित ८ जना रहेको भएपनि रोल्पाका बिशाल थापा हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । मृत्यु हुने सबै ७ जना रोल्पाका हुन् । दुर्घटनामा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षिय सागर बस्नेत, २४ वर्षिय रिम बहादुर बस्नेत, १९ वर्षिय विरेन्द्र बाठामगर, २५ वर्षिय कबिराम बस्नेत, १९ वर्षिय थमन बाठा मगर, त्रिबेणी गाउँपालिकाका चालक २५ वर्षिय कमल कुँवर र उमेर नखुलेका गोवद्धन बुढामरगको ज्यान गएको हो ।

स्वर्गद्वारीवाट भिङ्ग्रीका लागि छुटेको ट्याक्टर दुर्घटना परेको हो । ज्यान गुमाउनेहरु भिङग्री स्वर्गद्धारी सडकखण्डमा काम गर्ने कामदारहरु रहेका प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *