सडकको बेसनै पहिरोले बगायो

पाल्पा, श्रावण ३,
पाल्पा बुटवलको सडक केही दिन नखुल्ने भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । पहिरो हटाउने कार्य तिब्र रुपमा भएपनि माथिबाट पहिरो खस्न नरोकिएकाले बैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय, पाल्पाले अपिल गरेको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक मदन गिरिले सडकको बेसलाई नै पहिरोले बगाएकाले पुर्णरुपमा पहिरो हटाई बाटो संचालन हुन केही दिन लाग्ने जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवलको सडक हप्ता दिनमै दर्जनौ पटक अवरुद्ध हुने र खुल्ने हुँदै आएको छ । तर गएको बिहिबार बेलुकी गौडेपुलनिर गएको पहिरो झर्ने क्रम नरोकिएपछि समस्या भएको प्रहरीले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *