खोला तर्ने क्रममा पाल्पामा एक जनालाई बगायो

पाल्पा, श्रावण ३
पाल्पामा एक जनालाई खोलाले बगाएको छ । शुक्रबार बेलुकी रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ३, पट्टाचौरस्थित रिडीखोला तर्ने क्रममा अर्घाखाँची सन्धिखर्क नगरपालिका ८, किमडाँडाका ४० वर्षिय देबबहादुर मुखियालाई खोलाले बगाएको हो । बेपक्ता मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *