पाल्पा बुटवलको सडक अवरुद्ध, पहिरोले ट्रक पुरियो

पाल्पा, श्रावण ३
पाल्पा बुटवलको सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै निरन्तर पहिरो खस्दा शुक्रबार बेलुकी साढे १० देखि सडक अवरुद्ध भएको हो । पहिरो गएको स्थानमा रहेका सवारीसाधन सार्ने क्रममा सडक किनारको नालीमा फसेको लु १ क ११७५ नम्बरको ट्रक पहिरो आइ पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

सडक माथिल्लो भागबाट निरन्तर ढुंगासहितको पहिरो खसेकाले डोजर लगाउन समस्या भएको प्रहरीको भनाई छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *