पहिरोले फेरी तीन जनाको ज्यान लियो

पोखरा, श्रावण २
पहिरोले फेरी ३ जनाको ज्यान लिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८, खोरामुखमा पहिरोले ३ जनाको ज्यान गएको हो । प्रहरीका अनुसार प्रेम विकको घरमा आएको पहिरोले १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीषा रोजिना विकको ज्यान गएको हो । ज्यान गुमाउनेहरु प्रेमका नातिनातिनी हुन् । घरमुली प्रेम र उनकि श्रीमती सकुशल छन् । बुहारी छोरीसहित माइत गएकाले उनीहरु पनि जोगिएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *