आज बाट बोर्डिङ्गमा अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी विदा

काठमाण्डौं, श्रावण १,
बोर्डिङ्ग (निजी ) विद्यालयहरुले आज साउन १ गते बाट अनलाइन कक्षा बन्द गरि शिक्षकलाई बेतलवी विदा दिएका छन् । प्याब्सन र एन–प्याब्सनको हिजो बेलुकी बैठक बसी संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप बन्द गरि शिक्षक र कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । कक्षा सञ्चालन गर्ने क्षमता नभएकाले सरकारले आफूहरुको माग नसुनेसम्म अनलाईन कक्षा सुरु नगर्ने प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले जानकारी दिनुभयो । प्याब्सन तथा नेसनल प्याब्सनले गएको असार ७ देखि नियमित अनलाइन कक्षा चलाउने निर्णय गरि यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क दिन अभिभावकहरुलाई आग्रह गरेका थिए । त्यसको सवत्र विरोध भएपछि सरकारले समेत अनलाइन कक्षाका नाममा पैसा नउठाउन भनेको थियो । निजी स्कुलका सञ्चालकहरुले आम्दानी शून्य भएको भन्दै शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिएका छैनन् ।
सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने उनीहरुको भनाई छ ।

शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि मात्रै दिने निजी विद्यालयहरुले बताउँदै आएका छन् । तर निजि विद्यालयका शिक्षक कर्मचारीहरुले भने लक डाउन अवधी अगाडी आफूहरुको पसिनाकै कारण लगानीकर्ताहरु (संचालक) ले घर घडेरी संगै थुप्रे सम्पतmी जोडेकाले अहिलेको लकडाउन अवधीको तलव समेत प्रदान गर्न माग गर्दे आएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *